Header Ads Widget

Ticker

6/recent/ticker-posts

अमेरिकी प्रतिबन्ध विरुद्ध टिकटकले सुरु गर्यो कानूनी लडाइँ

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी सरकारविरुद्ध कानूनी लडाइँ सुरु गरेको छ । आज अर्थात् नोभेम्बर १२ देखि टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध टिकटकले कानूनी संघर्ष सुरु गरेको हो । अमेरिकामा आफ्नो व्यवसायिक अधिकारका साथै १५ सयभन्दा धेरै कर्मचारीहरुको रोजगारीको सुरुक्षाको माग गर्दै टिकटकले अमेरिकी पुनरावेदन अदालतमा मुद्दा दायर गरेको छ ।

टिकटकको मातृ कम्पनी बाइटडान्सलाई कुनै पनि अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा नोभेम्बर १२ देखि अमेरिकामा टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाउने आदेश राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन् ।

उता टिकटकले भने अमेरिका सरकारले देखाएको सुरक्षा चासोलाई सम्बोधन गर्नका लागि अगष्टदेखि नै आफूले कडा मेहेनत गरिरहेको जनाएको छ । तर पछिल्लो दुई महिनामा आफूले अमेरिका सरकारबाट कुनै पनि पृष्ठपोषण नपाएको उसको भनाइ छ ।

टिकटकले भनेको छ, ‘अमेरिकाले गरेको मूल्यांकनप्रति असहमत हुँदाहुँदै पनि हामीले असल नियतका साथ अमेरिकाको राष्ट्रिय सुरक्षा चासो सम्बोधन गर्नका लागि अमेरिकाको वैदेशिक लगानी कमिटीसँग सक्रिय रुपमा सहकार्य गरेर काम गर्यौं ।’

सुरक्षा चासोका विषयलाई सम्बोधन गर्नका लागि कम्पनीले चाल्ने कदमका सम्बन्धमा पेश गरेको प्रस्तावमाथि राष्ट्रपतिले प्रारम्भिक स्वीकृति दिएको पहिलो दुई महिनामै समस्या समाधानको विस्तृत सम्झौता तयार गरी त्यो पेशसमेत गरको भन्दै टिकटकले आफ्नो वृहत डाटा प्राइभेसी तथा सेक्योरिटी ढाँचाप्रति अमेरिका सरकारबाट कुनैपनि वस्तुपरक पृष्ठपोषण प्राप्त नभएको जनाएको छ ।

टिकटकका अनुसार अमेरिकी टिकटक प्रयोगकर्ताहरुका डाटाको व्यवस्थापन र टिकटकमा पोष्ट हुने सामाग्रीहरु सम्पादन समेत गर्नसक्ने अधिकार रहने गरी नयाँ संरचनाको प्रस्ताव समेत गरिएको छ । उक्त नयाँ संरचनामा अमेरिकी कम्पनी ओरेकल, वालमार्ट तथा बाइटडान्सकै अमेरिकी लगानीकर्ताको संलग्नता हुने टिकटकको प्रस्ताव छ ।

अदालतमा दायर मुद्दामा टिकटकले सुरुवाती आदेशको समीक्षाको माग गर्दै छलफलका लागि थप ३० दिनको अवधि प्रदान गर्नसमेत अनुरोध गरेको छ ।

चिनियाँ कम्पनीहरुमाथि कडा नीति अख्तियार गर्दै आएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेको परिप्रेक्ष्यमा आगामी जनवरीदेखि राष्ट्रपति बन्ने जो बाइडेनले अमेरिकामा रहेका चिनियाँ कम्पनीहरुका सन्दर्भमा विद्यमान नीतिमा परिवर्तन गर्छन् वा गर्दैनन् भन्ने विषयमा टिकटकको मुख्य चासो रहेको छ ।

–एजेन्सी



https://ift.tt/eA8V8J

Post a Comment

0 Comments